रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (फोटोफिचर)

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (फोटोफिचर)
सुन्नुहोस्

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी आजदेखि काठमाडौँमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजन क्याफेमा प्रदर्शनी थालिएको हो । 

तीन हजार बढी कार्टुन बनाइसकेका मिश्रले प्रदर्शनीलाई ‘डिपिक्सन’ नाम दिएका छन् । १७ वर्षदेखि कार्टुन बनाइरहेका उनले हाल ३५ वटा कार्टुन प्रदर्शनका लागि राखेका छन् । 

पछिल्लो पाँच वर्षमा बनाएका कार्टुन प्रदर्शनीमा राखिएको उनले बताए । कार्टुन समाजसँग अन्तरक्रिया गर्ने माध्यम भएको उनको भनाई छ । एकतर्फी सञ्चार मात्र नभएर संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनीको आयोजना गरिएको उनी बताउँछन् । 

उनले भने,‘वर्तमानमा मैले देखेको समाजको दृश्य कार्टुनमा कोर्छु । कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद बनाउन प्रदर्शनीको आवश्यकता पर्दो रहेछ भन्ने लाग्यो । पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको हुन्छु । त्यसलाई दोहोरो बनाउन खोजेको हुँ ।’

उनका कार्टुन नयाँ पत्रिकामा ‘कर्नर किक’ मा प्रकाशित हुने गरेको छ । मिश्र कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव पनि हुन् ।


 

टिप्पणीहरू