ट्राफिक थपिँदा पनि दुर्घटना

ट्राफिक थपिँदा पनि दुर्घटना
सुन्नुहोस्

काभ्रेमा दुई पांग्रे सवारी साधनको दादागिरीका कारण अधिकांश दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताएको छ । तथ्यांकका आधारमा ३९ महिनामा भएका ६ सय ९५ वटा दुर्घटनामध्ये मोटरसाइकल दुर्घटनाको संख्या ३ सय ६० वटा छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार तीन वर्ष तीन महिनाको अवधिमा ट्रिपरबाट ६२ वटा, ट्रक/ट्रयाक्टरबाट ७१ वटा, डोजर/लोडर स्काभेटरबाट २ वटा, बसबाट ५८ वटा, कार जीप, भ्यानबाट १ सय २० वटा, ट्रयाक्टरबाट ७ वटा दुर्घटना हुँदा ।

दुई पांग्रे मोटरसाइकलबाट भने ३ सय ६० वटा क्षति भएका छन् । २५ जनाको दरबन्दी हुँदा पनि यतिखेर जिल्लामा ५० जना ट्राफिक प्रहरी कार्यरत छन् । 

०७७/७८ मा १७८ वटा मात्रै दुर्घटना भएका थिए । तर, चालु वर्षको तीन महिनामै ७२ वटा दुर्घटना भएर १ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू