मन्त्रीसँग राम्रै छ त सम्बन्ध

मन्त्रीसँग राम्रै छ त सम्बन्ध
सुन्नुहोस्

जनआस्था साप्ताहिकबाट मिति २०८० पुस १८ गते ‘प्रधानमन्त्रीपुत्रीको आडमा मन्त्रीमाथि पेलान, पत्रकार पाल्न एयरपोर्टको पैसा’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचार झूठा भएको व्यहोरा निम्न बुँदाहरुमार्फत निर्देशानुसार खण्डन गरिएको छ । 

दुई वर्षअगाडि नियुक्त महानिर्देशकलाई अहिले आएर कपोलकल्पित रुपमा रकम बुझेको र बुझाएको भनी आरोप लगाइएको, माननीय मन्त्रीसँग कुनै पनि किसिमको असमझदारी नरहेको अवस्थामा सम्बन्धमा भ्रम छर्ने गरी समाचार प्रकाशित भएको छ । 

सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा विमानस्थल सेवा शुल्क नियमावलीबमोजिम खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भएका ठेक्कापट्टामा महानिर्देशकलाई जोडी भ्रष्टाचार गरेको र अमेरिकामा लगानी गर्ने गरेको भन्ने समाचारमार्फत अफवाह फैलाउने कार्य भएको छ । 

सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति तथा नेपाल प्रहरीलगायतका निकायबाट छानबिन भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी गलत समाचार निस्किएको छ ।

नेपाल सरकारको नीति तथा सार्वभौम संसद्, इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेशन र युरोपियन युनियनप्रति नै गलत सन्देश प्रवाह हुने गरी समाचार प्रकाशित गरेकोमा कुनै सत्यता छैन । 

– विनायक भट्टराई, वरिष्ठ अधिवक्ता, महानिर्देशकज्यूको सचिवालय

टिप्पणीहरू