रास्वपाले अब के गर्ला ?

रास्वपाले अब के गर्ला ?

राइट टु रिकलको कुरा गर्ने रास्वपाले सांसद मनिष झालाई के गर्ला ? मधेश प्रदेशका सभापतिहरू यतिखेर रास्वपाका सांसद मनिषप्रति रुष्ट छन् ।

मधेशीको प्रतिनिधित्व गर्ने गरी छानिएका झामाथि आफूसम्बद्ध व्यक्तिहरूलाई रास्वपाको सांगठानिक समितिहरूमा भर्ती गराउनका निमित्त लबिङ गर्नमा तल्लीन हुने गरेको आरोप छ ।

उनले वीरगञ्जका मारवाडी व्यवसायी मुर्ली जलानलाई प्रदेश विभाग हुँदै केन्द्रीय विभागसम्म लैजान हालसम्म रु. १६ लाख कोशेली बुझिसकेको सुन्नमा आएको छ ।

मुर्ली जलान वीरगञ्जका व्यवसायी हुन् । उनी रास्वपा सांसद हरि ढकालका मित्र पनि हुन् । रास्वपाका डिपी अर्यालदेखि अन्य ठूला नेता वीरगञ्ज जाँदा उनीहरूलाई पालनपोषण गर्ने प्रमुख व्यक्ति यिनै हुन् । 
 

टिप्पणीहरू