गाँजा खान छूट हो र सेनामा ?

गाँजा खान छूट हो र सेनामा ?
सुन्नुहोस्

नेपाली सेनामा कसैले सानो कुरामा पनि जागिरबाट हात धुनुपर्छ भने कसैले बारम्बार ठूलो गल्ती गर्दा समेत छाती फुलाएर जागिर खाइरहन्छन् ।

हाल श्री नयाँ श्रीनाथ गणमा कार्यरत (व्यक्तिगत नं ४६९९) सेनानी धीरेन्द्र शाहीलाई हालै सैनिक अस्पतालमा डाक्टर अधिकृतको छापबिना इमर्जेन्सी ल्याब ड्युटीका सिपाहीसँग झगडा गरेको अभियोगमा चेतावनी मात्र दिइएको छ । निजले सफाइ पाएको यो पहिलो घटना होइन ।

०७४ सालमा ड्रग्स खाएको र बेचविखन मुद्दामा प्रहरीले पक्राउ गरेर १ हप्ताभन्दा बढी नेपालगञ्ज प्रहरी कार्यालयमा थुनेको र पछि निजको नातेदार प्राड महासेनानी महेन्द्रजंग शाहीद्वारा जागिर जोगाइएको थियो ।

जबकि सेनामा ड्रग्स गांजा तथा चरेस यदि कसैले खाएको वा किनबेच गरेको पाइएमा जागिरबाट हात धुनु पर्छ । सेनानी धीरेन्द्र शाही स्टाफ कलेज दिन काठमाडौं आएर अनावश्यक होटलमा बसी परिक्षामा सहभागी नै नभई हराएका थिए ।

– नेपाली सेनाका सकल दर्जा
 

टिप्पणीहरू