१० वर्षदेखि पत्रकारले शुल्क तिर्नु नपर्ने ?

१० वर्षदेखि पत्रकारले शुल्क तिर्नु नपर्ने ?

नेपाल पत्रकार महासंघमा आईएफजेको २०२३ को आबद्धता शुल्क मात्र बाँकी छ । हाम्रो कोषको अवस्था अत्यन्त कमजोर रहेकोले डिसेम्बरभित्र तिर्ने तयारी हो । बरू शुद्धीकरण अभियानका कारण हाम्रा सदस्यहरूको शुल्क आएको छैन । यसले गर्दा महासंघले आर्थिक समस्या भोगिरहेको छ ।

आईएफईएक्सको आबद्धता शुल्क १० वर्षदेखि तिरिएको छैन । वर्तमान कार्यसमितिलाई मात्र दोष किन होला ? बुझ्न सकिएको छैन । एक वर्षअघि ९ वर्षदेखि आबद्धता शुल्क नतिरिएको भन्दै पत्र आएपछि तिर्ने प्रयास गरेकै हो ।

यद्यपि, आईएफईएक्ससँग पत्राचार गर्ने हाम्रो कर्मचारी संयन्त्रमा फेरबदल भएपछि प्राविधिक समस्या भएको हो । यसमा कसैको खराब नियत छैन । म फ्रिडम फोरमको सदस्य नरहेको जानकारी गराउँदछु ।

– कलेन्द्र सेजुवाल, कोषाध्यक्ष
 

टिप्पणीहरू