सार्वजनिक जग्गा गायब पार्ने नापी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा गायब पार्ने नापी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नापी कार्यालय बुटवलका तत्कालिन नापी निरीक्षक ध्रुवराज मरासिनी भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

मरासिनीसहित सर्वेक्षक शिवनाथ मण्डल, अमिन शौकत अलि खाँ, जग्गाधनीहरु नन्दबहादुर कालाथापा र मानप्रसाद श्रेष्ठविरुद्ध मुद्दा चलाएको अख्तियारले जनाएको छ । उनीहरुले आपसी मिलेमत्तोमा बुटवल नगरपालिका–९ खको सार्वजनिक जग्गा कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेर फिल्डबाट गायब बनाएको अख्तियारको दाबी छ । 

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम कैद र जरिवानाको मागदावी गरिएको छ ।

टिप्पणीहरू