अभिनेत्री र निर्देशकको दुबै हातमा लड्डु

अभिनेत्री र निर्देशकको दुबै हातमा लड्डु

अभिनेत्री दीपिका प्रसाई आमा बन्ने भएकी छन् । उनका श्रीमान दिवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । 

निर्देशक समेत रहेका दिवाकरले लेखेका छन्, ’तिम्रो र मेरो जीवनको सबैभन्दा महत्वपूर्ण उपहार थपिएको छ । तिमी आमा बन्दै छौ, अनि म बाबा । म कति खुशी छु भन्ने अनुभूति पोख्नलाई शब्दहरु पनि अपुरो छन् । ह्याप्पी न्यु इयर माया ।’  

अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै दिवाकरले सन्तान प्राप्त गर्न लागेकोमा आफू खुशी भएको उल्लेख गरेका हुन् । 

यो दम्पती ड्रिम प्रोजेक्ट भन्दै चलचित्र ‘मायावी’ मा व्यस्त छन् । अहिले चलचित्रको सम्पादन र डबिङको काम भइरहेको बताइएको छ । उनीहरुको चलचित्र ‘मायावी’ को रिलिज मिति र सन्तानलाभको मिति लगभग एउटै समयमा हुने अनुमान चलचित्र क्षेत्रमा गरिएको छ ।
 

टिप्पणीहरू