गृहमन्त्रीको रोहबरमा छुुटे सीके राउत र सामान्य प्रशासनमन्त्री

गृहमन्त्रीको रोहबरमा छुुटे सीके राउत र सामान्य प्रशासनमन्त्री

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा जनमत पार्टीका अध्यक्ष सीके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रहरी हिरासतबाट मुक्त भएका छन् ।

गृहमन्त्री भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लब पुगेर राउतलगायत ५० जनाभन्दा बढीलाई छुटाउनुभएको हो । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु धोती दिवस मनाउने नाममा र्यालीसहित निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए । 

प्रहरीले अध्यक्ष राउत, मन्त्री अनिता देवी, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति सभापति अब्दुल खानलगायतलाई नियन्त्रणमा लिएर दिनभर महेन्द्र पुलिस क्लबमा राखेको थियो । 

मन्त्री देवीले पुलिस क्लबभित्रै अनसनसमेत गरेकी थिइन् । तर, तीन घण्टा नबित्दै गृहमन्त्री श्रेष्ठ त्यहाँ पुगेर पक्राउ परेका सबैलाई छुटाउनुभएको हो ।

टिप्पणीहरू