डेनमार्ककी महारानी दुई सातापछि राजगद्दी त्याग्दै

डेनमार्ककी महारानी दुई सातापछि राजगद्दी त्याग्दै तस्बिर :  एएफपी
सुन्नुहोस्

डेनमार्ककी महारानी मार्गरेट द्वितीयाले राजगद्दी परित्यागको घोषणा गरेकी छन् । ८३ वर्षीया मार्गरेटले नयाँ वर्षको अवसरमा गरेको टेलिभिजन सम्बोधनमा आफूले राजगद्दी त्याग्न लागेको घोषणा गरेकी हुन् । 

उनले जनवरी १४ तारिखदेखि आफू औपचारिक रूपमा पदबाट बाहिरिने बताएकी छन् । आफूपछि उक्त पद छोरोलाई हस्तान्तरण गर्ने जानकारी दिइएको छ । रानीले भनेकी छन्, ‘म रानी बनेको ५२ वर्ष भएछ । अब म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई दिनेछु ।’ 

बढ्दो उमेर र स्वास्थ्य समस्याको कारण अब आफू सक्रिय रहन नसक्ने जनाउँदै उनले उक्त निर्णय लिएको बताइन् । अगाडि भनिन्, ‘अब दुई हप्ताको अवधिसम्म मात्र  म डेनमार्कको रानी हुनेछु । मैले जे निर्णय गरेको छु, मलाई लाग्छ यो नै सही समयको सही निर्णय हो ।’

वर्षौंदेखि समर्थन र साथ दिएका डेनमार्कका जनतालाई पनि उनले धन्यवाद दिएकी छन् । 

बेलायतपछि युरोपमा सबैभन्दा लामो समयसम्म राष्ट्र प्रमुखको जिम्मेवारीमा रहने एकमात्र महिला उनी बनेकी छन् । मार्गरेट सन् १९७२ मा पिताको निधनपछि सिंहासनमा बसेकी थिइन् ।


 

टिप्पणीहरू