प्रहरीको गोलीबाट मारिएका युवाको परिवारलाई थप आर्थिक सहयोग

सुन्नुहोस्

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने बताउनुभएको छ । 

सरकारले उपलब्ध गराएको १० लाख आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले वैदेशिक रोजगार बोर्डमार्फत् मृतकका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभयो । 

आज बसेको संघीय संसदको राज्य, व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री श्रेष्ठले यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल समेत गरिएको बताउनुभयो । 

उहाँले मृतकका परिवारलाई रोजगारी उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । गृहमन्त्री श्रेष्ठले घटनाको दोषी पत्ता लगाउन सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको र त्यसले दिएको सुझावको आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने दृढता व्यक्त गर्नुभएको छ ।
 

टिप्पणीहरू