फुटबल दर्शकका लागि यामाहाको हेल्मेट र्याक

फुटबल दर्शकका लागि यामाहाको हेल्मेट र्याक

यामाहा रेजेडआर हाइब्रिड १२५ ले ‘नेशनल सुपर लिग’ लाई हेल्मेट र्याक उपलब्ध गराएको छ । दुई पाँग्रे सवारी साधनको अग्रणी नाम यामाहा रेजेडआर हाइब्रिडले जारी लिगलाई हेल्मेट र्याक प्रदान गरेको हो । 

नेपाल सुपर लिगले फुटबलप्रेमीहरुलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिडले गरेको यस कार्यको निकै प्रशंसा भइरहेको छ । यसले खेल हेर्न पुग्ने दर्शकलाई हेल्मेट राख्न सुविधाजनक स्थान उपलब्ध गराउनुको साथै सहज बनाएको छ । 

अब फ्यानहरुले निश्चिन्त भएर खेलको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । र्याकमा हेल्मेट सुरक्षित हुने दाबी गरिएको छ । नेपाली खेलकुद र फुटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ‘ए डिभिजन लिग’ मा सक्रिय रुपमा संलग्न छ । यामाहाले नेपाली खेलकुदलाई उचाइमा पुर्याउन सक्दो सहयोग गरिरहेको छ ।

टिप्पणीहरू