कैलाली र बर्दियामा खैरो हिरोइनसहित दुई जना पक्राउ

कैलाली र बर्दियामा खैरो हिरोइनसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरिया बस्ने ३१ वर्षीय सुरेश बुढामतवाला समातिएका हुन् । 

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई पाँच सय ७० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको जनाएको छ । 

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट प्रहरीले लागूऔषधसहित अर्का एक युवकलाई समातेको छ । बाँकेको खजुरा गाउँपालिका–७ उढरापुर बस्ने २० वर्षीय दिपक पुनमगर पक्राउ परेका हुन् । 

हिजो साँझ फुटाहास्थित चेक पोष्टमा खटिएको प्रहरीले उनको शरीर चेकजाँच गर्ने क्रममा दुई सय ४० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ । 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू