भारतद्वारा अतिक्रमित भूमिमा अब बन्ला त बाटो ?

भारतद्वारा अतिक्रमित भूमिमा अब बन्ला त बाटो ?

तिंकर सडकखण्डको स्थलगत अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोली दार्चुला गएको छ । 

तुसारपानी–कोठाधार–तिंकर सडकखण्डमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन गर्न भौतिक पूर्वाधारमन्त्री ज्वालाको नेतृत्वमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडु, भौतिक पूर्वाधार सचिव केशव शर्मा, सेनाको विकास निर्माण हेर्ने सहायक रथी विकास पोखरेलसहितको टोली त्यता गएको हो । 

सेनाको एनए ०५४ नम्बरको हेलिकप्टरमार्फत काठमाडौंबाट सुर्खेत हुँदै सन्सेरा गएको टोलीलाई सेनाले सडकखण्डको प्रगति विवरणबारे ब्रिफिङ गर्ने जनाइएको छ । त्यस्तै, टोलीले सन्सेरा र महाकाली नदी किनारा क्षेत्रमा निर्माण भइरहेको सडकको हवाई अवलोकन गर्नेछ । 

ब्यास गाउँपालिका–२, दुम्लिङमा रहेको सेनाको क्याम्पको अनुगमन गर्न टोली हेलिकप्टरमार्फत त्यता जानेछ । छाङरु र तिंकर गाउँसम्मको क्षेत्रमा हवाईफन्को लगाएर तिंकर सडकको प्रस्तावित एलाइनमेण्टको समेत अवलोकन गर्ने कार्यतालिका छ । 

हिजो बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सेनाले निर्माण गरिरहेको तुसारपानी–कोठाधार–तिंकर सडकखण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राखेर उक्त सडकखण्डको यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक निकासा दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

टिप्पणीहरू