माओवादीले फागुनमा विधान सम्मेलन गर्ने

माओवादीले फागुनमा विधान सम्मेलन गर्ने

सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले आगामी फागुनमा विधान सम्मेलन गर्ने भएको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले विधान मस्यौदा समिति पनि गठन गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जाानकारी दिए । 

समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू गणेश शाह र राम कार्की छन् ।

पदाधिकारी बैठकले विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्षसमेत निकालेको सापकोटाले बताए ।
 

टिप्पणीहरू