एनसेल बिक्री प्रकरणमा सोमबार श्रीमानको आदेश

एनसेल बिक्री प्रकरणमा  सोमबार श्रीमानको आदेश
सुन्नुहोस्

निजी क्षेत्रको दूरसञ्चार संस्था एनसेलको सेयर खरिद–बिक्री तत्काल रोक्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा हालिएको निवेदनउपर अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले उक्त आदेश दिएको हो ।

अल्पकालीन अन्तरिम आदेशमा कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायत निकायलाई आगामी सोमबारसम्म एनसेलको सेयर बिक्री रोक्न भनिएको छ ।

उक्त मितिसम्म  खरिद–बिक्री भएका एनसेलका सेयरहरु दर्ता किताबमा दर्ता नगर्न/नगराउन आदेश दिँदै अदालतले दुवै पक्षलाई मंसिर २५ गते अदालतमा उपस्थित हुन भनेको छ ।


 

टिप्पणीहरू