धारामा पानी खोलिदिन गएका कर्मचारीको घर नजिकै शव

धारामा पानी खोलिदिन गएका कर्मचारीको घर नजिकै शव

लमजुङमा खानेपानी संस्थाका कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सुन्दरबजार नगरपालिका–२, पुर्काङ भिया बस्ने परेवाडाँडा खानेपानी संस्थामा कार्यरत ५५ वर्षीय प्रेमबहादुर भुजेल मृत भेटिएका हुन् । 

हिजो साँझ समुदायको धारामा पानी छाड्न गएका उनको शव आज आफ्नो घर नजिकै बाटो छेउमा फेला परेको हो । प्रहरीका अनुसार ढुङ्गाको कच्ची पर्खालबाट लडेको अवस्था देखिएको छ । तर त्यसबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू