क्यासिनोमा छिर्ने नेपाली, देखाउने भारतीय आधार कार्ड

क्यासिनोमा छिर्ने नेपाली, देखाउने भारतीय आधार कार्ड

पछिल्लो समय क्यासिनोमा छिर्न नेपालीले नक्कली भारतीय कार्डको प्रयोग गर्न थालेका छन् । नेपालीलाई क्यासिनो प्रवेश गर्न सजिला हुने भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका दोलखाका ४७ वर्षीय गोविन्द खड्का, तारकेश्वरमा बस्ने रुपन्देहीका २५ वर्षीय विनोद न्यौपाने र ललितपुरको सातदोबाटो बस्ने ओखलढुंगाका ३९ वर्षीय नवीन राई समातिएका हुन् । 

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उपत्यकाका क्यासिनोमा हुने गरेका क्रियाकलापमाथि निगरानी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्रेपछि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू