सेनापतिको निवास नजिकै कौडाको खाल, एक दर्जनको बेहाल

सेनापतिको निवास नजिकै कौडाको खाल, एक दर्जनको बेहाल
सुन्नुहोस्

ललितपुरको झम्सिखेलबाट ११ जना जुवाडे पक्राउ परेका छन् । झम्सीखेलस्थित मुगल होटलमा कौडा खेलिरहेका उनीहरुलाई राति प्रहरीले रंगेहात पक्रेको बताइन्छ । 

सुस्मा नेपालको उक्त होटेलमा कौडा खेलिरहेको अवस्थामा धापाखेल बस्ने महांकाल गाउँपालिका–४ का ३४ वर्षीय रमेश तिमल्सिनासमेत ११ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले  उनीहरूको साथबाट कौडासहित चार लाख ९९ हजार ५१६ रुपैयाँ बरामद गरेको छ ।

उता, काठमाडौंको नागढुङ्गास्थित टहरामा जुवा खेलिरहेका तीन जना पक्राउ परेका छन् । उनीहरुसँगै १५ हजार रूपैयाँ र एक बुक तास बरामद भएको बताइएको छ ।

टिप्पणीहरू