भारतीय चिनीको अवैध आयात, ५६ बोरा बरामद

भारतीय चिनीको अवैध आयात, ५६ बोरा बरामद

रुपन्देही प्रहरीले अवैध चिनीसहित एउटा पिकअपलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५, पर्सहवाबाट ५६ बोरा चिनी र गाडी बरामद गरेको जनाएको छ । 

बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षीय ईश्वर भुसालले हाँकेको र बुटवल–१३ का २० वर्षीय अर्जुन कुँवर सवार लु.२ च २४ नम्बरको पिकअपमा भारतबाट नेपालतर्फ भन्सार छलेर चिनी ल्याइएको थियो । ११ लाख ८२ हजार रुपैयाँको चिनी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

टिप्पणीहरू