खोजिएको साइकल, फेला पर्यो लागुऔषध

खोजिएको साइकल, फेला पर्यो लागुऔषध

कास्कीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४, समिनतारा बस्ने २० वर्षका पूर्ण तामाङसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्थानीय नयाँपुलबाट एक जनाको साइकल खोसेर लगेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले गएराति साइकल खोज्ने क्रममा उनीहरुलाई लागुऔषध र साइकलसहित नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुको साथबाट एक किलो पाँच सय ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू