प्रधानमन्त्रीपछि दुबई पुग्यो मन्त्री नेतृत्वको टोली

प्रधानमन्त्रीपछि दुबई पुग्यो मन्त्री नेतृत्वको टोली

संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोलीले सहभागिता जनाइरहेको छ । प्रधानमन्त्री दाहाल ३० जनाको टोलीको नेतृत्व गर्दै गत बुधबार साँझ त्यसतर्फ जानुभएको हो । 

सोही सम्मेलनमा सहभागिता जनाउन गएराति जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको टोली पनि त्यता गएको छ । तीन सदस्यीय टोली फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ मा राति साढे २ बजे काठमाडौंबाट दुबई गएको हो । 

टोलीमा ऊर्जा, जलस्रोत मन्त्रालयका सहसचिवद्वय नवीनराज सिंह, तोयानारायण सुवेदी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल रहेको बताइन्छ ।
 

टिप्पणीहरू