मध्यरातमा आगलागी, सिरक डसना र सिरिञ्ज गोदाम ध्वस्त

मध्यरातमा आगलागी, सिरक डसना र सिरिञ्ज गोदाम ध्वस्त

गएराति भएको आगलागीमा कुलेश्वरको सिरक डसना र सिरिञ्ज तथा पञ्जा गोदाम नष्ट भएको छ ।

स्थानीय सुकुम्बासी टोलमा राति २ बजे शुरु भएको आगलागीमा परेर भारतीय नागरिक राजेश गोद्धारको सिरिञ्ज तथा पञ्जा र पोखराका सुरेश कामीको सिरक डसना कारखाना ध्वस्त भएको बताइएको छ। 

राति काठमाडौ महानगरपालिकाका तीन वटा दमकल, नेपाली सेनाको दुई, भक्तपुरबाट एउटा, ललितपुरबाट दुई वटा गरेर आठ वटा दमकल आगो निभाउन पुगेका थिए । त्यस्तै आठ वटा पानी ट्याङ्कर, सेनाको रण भैरव गणबाट सह सेनानी मान बहादुर तामाङको कमाण्ड ३५ जना, युद्ध कवाज गणबाट १३ जना, एम टि गणबाट २६ जना, जगदल गणबाट १६ जना, नेपाल प्रहरी कालिमाटीबाट ७०, शसस्त्र प्रहरीबाट ४१ जना र स्थानीयले आगो निभाएका थिए ।

आगोबाट नजिकैको डि एल श्रीवास्तवको पाँच तले घर र शुभम जैसवालको इलेक्ट्रिक गोदाममा समेत क्षति पुगेको बताइन्छ । मानवीय क्षति नभएको उक्त आगलागीबाट पुगेको क्षतिको पूर्ण विवरण अझै प्राप्त भएको छैन ।

टिप्पणीहरू