हिमालयले थाल्यो साँघाई उडान,एक महिनाभित्र ल्हासा टार्गेट

हिमालयले थाल्यो साँघाई उडान,एक महिनाभित्र ल्हासा टार्गेट

हिमालय एअरलाइन्सले आजदेखि काठमाडौं–साँघाई–काठमाडौं उडान थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहसङ्गै उक्त उडान प्रारम्भ भएको हो । 

काठमाडौं–साँघाई उडान हाललाई साताको एक दिन हुने छ । हिमालयले यसअघि चीनको राजधानी बेइजिङ, छिङताओ,चोङछिङमा उडान गरिसकेको छ । यो वर्ष सन् २०२३ को अन्तसम्ममा तिब्बतको ल्हासामा पनि उडान थालिने जानकारी दिइएको छ ।

हिमालयले बंगलादेशको ढाका,मलेसियाको क्वालालम्पुर,युएईको दुबई र अबुधाबी, कतारको दोहा,साउदी अरेबियाका दम्माम र रियादमा नियमित उडान गर्दै आएको छ ।

टिप्पणीहरू