पूर्व राजाद्वारा अस्ति उद्घाटित शालिकको शिलालेख हटाइयो

पूर्व राजाद्वारा अस्ति उद्घाटित शालिकको शिलालेख हटाइयो
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा अस्ति उद्घाटन गरिएको पृथ्वीनारायण शाहको शालिकको शिलालेख हटाइएको छ । बिर्तामोड १ स्थित इकम कलेजको प्राङ्गणमा राखिएको श्री ५ लेखिएको शिलालेख हटाइएको हो ।

कलेजले अस्ति पूर्वराजाद्वारा शालिक र शिलालेखको अनावरण गराएको थियो । संविधान विपरित पूर्व राजालाई श्री ५ महाराजाधिराज उल्लेख गरिएकाले कलेजमाथि कारवाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ । 

शिलालेखमा लेखिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ । 

सर्वत्र विरोध भएपछि ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको हो । आठ वर्षदेखि सञ्चालनमा रहेको कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्दै आएको छ ।

टिप्पणीहरू