दोस्रो ठूूलो कन्फुसियस मन्दिरको आकर्षण (फोटो फिचर)

दोस्रो ठूूलो कन्फुसियस मन्दिरको आकर्षण (फोटो फिचर)

चीनको युन्नान प्रान्तको चियानसुई काउन्टीमा रहेको कन्फुसियस मन्दिर मुलुककै दोस्रो ठूलो मानिएको छ । युआन वंशको पालाको उक्त मन्दिरलाई चीनमा सबैभन्दा व्यवस्थित तरिकाले संरक्षित कन्फुसियस मन्दिर भन्ने गरिएको छ ।

मन्दिरमा कुँदिएका चित्र र यसको वास्तुकलामा चीनका प्राचिन संस्कृति र कन्फुसियस दर्शन प्रतिविम्ब देखिन्छ । 

चियानसुई काउन्टीको लिनान रोडमा रहेको उक्त मन्दिर सन् १२८५ मा निर्माण थालिएको इतिहास छ । झण्डै एक हजार वर्षको यो अवधिमा ४० पटक पुनर्निमाण गरिएको बताइन्छ । 

यो मन्दिर पछिल्लो समय चीन र विश्वमै कन्फ्युसियसको दर्शन, मन्दिरको वास्तुकला र प्राचीन चिनियाँ संस्कृति र सभ्यता अध्ययन केन्द्र बनेको छ ।

टिप्पणीहरू