अफगान अनारको चीनमा चर्चा (फोटो फिचर)

अफगान अनारको चीनमा चर्चा (फोटो फिचर)
सुन्नुहोस्

दशकौंदेखि युद्धले थिलथिलो भएको अफगानिस्तान दुई वर्षदेखि विश्व राजनीतिक मञ्चबाट छायाँमा परेको छ । तालिबान सरकारले पुनः सत्ता सञ्चालन गरेपछि छिमेकी अफगानिस्तान र चीनसँग सामान्य व्यापारिक सम्बन्ध बाहेक अरु मुलुकसँगको सम्बन्ध र सम्पर्क टुटेको छ ।

मुलुक चरम आर्थिक संकटमा फसेको छ । जनजीवन दिनानुदिन जर्जर हुँदै गएको बताइन्छ । तर, त्यहि मुुलुकका केही कृषि उत्पादनले विशाल र धेरै जनसंख्या भएको मुलुक चीनको ध्यानाकर्षण गराएको छ ।

हालै साङघाईमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय आयात प्रदर्शनीमा अफगानिस्तानका आकर्षक अनारले सबैको ध्यान तानेको बताइन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चिनियाँ बजारबाट प्राप्त सकारात्मक संकेतपछि अफगान किसानहरु हर्षित भएका छन् ।

 

अफगानिस्तनको कान्दाहार प्रान्त अनार उत्पादनको निम्ति प्रख्यात छ । राजधानी काबुल र उत्तरी भेगका केही क्षेत्रमा पनि अनारको उत्पादन राम्रै हुने गरेको छ । कान्दाहारमा मात्रै पछिल्ला वर्षमा डेढ लाख टन अनार उत्पादन हुने गरेको छ ।

 

चीनको राष्ट्रिय मापदण्डअनुसार क्वारेन्टिनलगायत सबै प्रक्रिया पूरा गरेको खण्डमा अफगानिस्तानले आगामी दिनमा अनारलगायत अन्य कृषि उपज निर्यात गर्नसक्ने सम्भावना बढेको बताइन्छ ।

 

फोटो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू