युरोप भ्रमण रद्धपछि राष्ट्रपति कर्णाली जाने तयारीमा

युरोप भ्रमण रद्धपछि राष्ट्रपति कर्णाली जाने तयारीमा

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम–पश्चिम जानुहुने भएको छ । भूकम्प पीडितको अवस्था बुझ्न उहाँ भोलि बिहान त्यता जान लाग्नुभएको बताइएको छ ।

राष्ट्रपति पौडेलले भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै आज दिउँसो युरोपका तीन वटा मुलुकको भ्रमण स्थगित गर्नुभएको हो ।  

उहाँको पर्सि काठमाडौंबाट प्रस्थान गर्ने र मंसिर १ गते स्वदेश फर्कने भ्रमणतालिका सरकारले स्वीकृत गरिसकेको थियो । तर, मुलुक असहज अवस्थामा परेका बेलामा विदेश जानु शोभनीय नदेखिने भएपछि उहाँले भ्रमण रोक्नुभएको शीतल निवास स्रोतले बताएको छ ।

टिप्पणीहरू