राष्ट्रपतिलाई युरोप जान सरकारको स्वीकृति

राष्ट्रपतिलाई युरोप जान सरकारको स्वीकृति
सुन्नुहोस्

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको साताव्यापी युरोप भ्रमण स्वीकृत गरेको छ । 

राष्ट्रपति पौडेलले १२ कात्तिकबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्दै हुनुहुन्छ । क्याविनेट बैठकले त्यसलाई औपचारिकता दिएको हो । 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रपति पौडेल पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा सहभागी हुने र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो। 

राष्ट्रपति कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने र मंसिर १ गते स्वदेश फर्कने भ्रमणतालिका छ ।
 

टिप्पणीहरू