राष्ट्रपतिको निर्णय उल्ट्याउँदा सर्वोच्चले टेकेका आधार (आदेशको पूर्णपाठ)

राष्ट्रपतिको निर्णय उल्ट्याउँदा सर्वोच्चले टेकेका आधार (आदेशको पूर्णपाठ)
सुन्नुहोस्

योगराज ढकाल उर्फ रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

चेतन मानन्धरको हत्यामा संलग्न रिगलको कैद सजाय मिनाहाविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले आज यस्तो निर्णय सुनाएको हो । कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै अदालतले रिगललाई पुनः कारागार पठाउन परमादेशसमेत जारी गरेको छ । 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हिजो र अस्ति यस मुद्धामा सुनुवाई भएको थियो । अदालतले कैद कट्टा गर्ने राष्ट्रपतिको निर्णय संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको हक प्रतिकूल रहेको ठहर गरेको छ । 

रिगलले २०७२ असार २८ गते नेपालगञ्जका चेतनलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, गत संविधान दिवसको अवसरमा राष्ट्रपतिले उनलाई आममाफी दिएपछि चेतनकी श्रीमती भारती शेर्पाले अदालतमा रिट हालेकी थिइन् ।

 फैसलाको पूर्णपाठ :

टिप्पणीहरू