एमालेको चियापानमा केरा, लड्डु, निम्की र कटलेट

एमालेको चियापानमा केरा, लड्डु, निम्की र कटलेट
सुन्नुहोस्

एमालेले पार्टी मुख्यालयमा चियापान आयोजना गरेको छ । यो वर्षको दशैं तिहारलगायत चाडबाडको अवसरमा आयोजित चियापानमा केरा, लड्डु, निम्की र कटलेट राखिएको छ । 

पातको बोतामा केरा, लड्डु, निम्की र कटलेट राखिएको छ भने कालो, दुधको र चिनीरहित चिया छुट्टै व्यवस्था गरिएको छ ।

चियापानमा प्रधानमन्त्री पुगिसक्नुभएको छ । कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मन्त्री, सांसद, राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुख, विदेशी नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम जारी छ ।

टिप्पणीहरू