सिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा’ सार्वजनिक

सुन्नुहोस्

कवि तथा गीतकार चिन्तामणि सिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा’ बोलको गीत सार्वजनिक भएको छ । प्रताप दास र एलिना चौहानको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र विषम आचार्यले एरेञ्ज गरेका हुन् ।

मायाप्रेमको भाव प्रस्तुत गरिएको भिडियोमा पुष्प खड्का र गरिमा शर्माले अभिनय गरेका छन् । कृष्णदेव रुपाखेतीको निर्देशन, मुकेश हुमागाईंको भिडियो, विनोद बमको सम्पादन उक्त भिडियोमा कोरियोग्राफी राहुल बराइलीले गरेका हुन् ।

सिवाकोटी नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्य हुन् । उनी सोही बैंकमा यसअघि पाँच वर्ष डेपुटी गभर्नर थिए । त्यसअघि झण्डै तीन दशक कर्मचारी थिए ।

 

टिप्पणीहरू