सरुले पाइन सर्वोत्कृष्ट चलचित्र गित अवार्ड

सरुले पाइन सर्वोत्कृष्ट चलचित्र गित अवार्ड
सुन्नुहोस्

चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३ ’को सर्वोत्कृष्ट चलचित्र गित अवार्ड गायिका सरु गौतमले प्राप्त गरेकी छिन् ।

काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चर्चित लोक तथा आधुनिक गायिका गौतमलाई उक्त अवार्ड प्रदान गरिएको हो । चलचित्र दिलमायाको भाग-२ 'छुट्छ्की साथ' बोलको गीतबाट उनले सो अवार्ड हात पारेकी हुन् ।

'नेपाल म्युजिक एन्ड फेसन अवार्ड टिम' को आयोजनामा काठमाडौको कमल पोखरीस्थित रसियन हाउसमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो । 

गायिका गौतमको 'चम्चा पिलेट', 'कुटुकुटु मुटु खाइरहने', 'जाउन माया भागेर', ‘छुट्छ्की साथ’, ‘यो जुनिमा’, ‘फूल तिमी’  जस्ता गीतहरु बजारमा चर्चित छन् । काभ्रको रोशी स्थायी घर भएकी गौतम नेपाली आधुनिक तथा लोक दोहोरी संगीतमा सुपरिचित नाम हो ।

टिप्पणीहरू