देशमा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्षसहित माओवादीद्वारा सचेत रहन अपिल

देशमा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्षसहित माओवादीद्वारा सचेत रहन अपिल
सुन्नुहोस्

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ । 

आज बिहान पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकाल्दै यसप्रति सचेत रहन सबैलाई अपिलसमेत गरेको छ ।  उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिए । 

माओवादी बैठकले आन्दोलनरत राहत शिक्षकसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने निचोड पनि निकालेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने विषयमा बैठकमा छलफल भएको प्रवक्ता सापकोटाले बताए ।

टिप्पणीहरू