प्रमुख निर्वाचन आयुक्त स्वदेश फिर्ता

प्रमुख निर्वाचन आयुक्त स्वदेश फिर्ता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्वदेश फर्कनुभएको छ । अघिल्लो साता युरोप जानुभएका उहाँ आज अपरान्ह दोहा हुँदै काठमाडौँ आइपुग्नुभएको हो । 

उहाँ सवार कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ विमान साढे ४ बजे काठमाडौँ विमानस्थलमा अवतरण गरेको बताइएको छ । नेपालका लागि विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिस हैजर पनि सोही उडानमा काठमाडौँ आएका छन् ।

प्रमुख निर्वाचन आयुक्त गत भदौ १८ गते राति काठमाडौंबाट पत्नीसहित दोहा हुँदै स्विडेनको राजधानी स्टकहोमतर्फ जानुभएको थियो । उहाँ सरकारी कार्यक्रम सकेर आफन्त भेटघाटनिम्ति त्यतै त्यतै डेनमार्क र नर्वे पनि पुग्नुभएको बताइन्छ ।

टिप्पणीहरू