महासभाअघि प्रधानमन्त्री र राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

महासभाअघि प्रधानमन्त्री र राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्र संघीय महासिचव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्रसंघको मुख्य कार्यालयमा भेटवार्ता भएको बताइएको छ ।

भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको आपसी हित आदानप्रदान, सम्बन्ध र सहकार्यबारे छलफल भएको जानकारी दिइएको छ । त्यसैगरी नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य तथा अतिकम विकसित देशहरूको आर्थिक विकासलगायतका विषयमा पनि महासचिवले चासो राख्नुभएको छ ।

प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार न्युयोर्क पुग्नुभएको हो । उहाँले आगामी बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसअघि भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुने छ । 

शुक्रबार प्रधानमन्त्री न्युयोर्कबाट सोझै चीन भ्रमणमा जाने कार्यक्रम छ । उहाँ आगामी १३ गते चीनको औपचारिक भ्रमण पूरा गरेपछि स्वदेश फर्कनुहुने छ ।

टिप्पणीहरू