सहसचिव साढे तीन महिनादेखि सम्पर्कविहीन

सहसचिव साढे तीन महिनादेखि सम्पर्कविहीन
सुन्नुहोस्

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव डा.कमलराज गैरे तीन महिनादेखि बिना जानकारी अनुपस्थित  भएपछि स्पष्टीकरण सोधिएको छ । 

लामो समयदेखि गैरहाजिर रहेकाले मन्त्रालयले उनलाई चित्त बुझ्दो स्पष्टीकरणसहित ३० दिनभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ । आज प्रकाशित सूचनामा गैरेलाई प्रचलित कानुनबमोजिम स्पष्टीकरण सोधिएको उल्लेख छ ।

भनिएको छ, ‘तपाईंले बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा मिति २०८०÷०१÷०२ गतेदेखि (लगातार नब्वे दिनभन्दा बढी समय) अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) को कसूरमा सोही ऐन, दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सजाय गर्नु नपर्ने, उचित, यथार्थ र पर्याप्त कारण केही भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम ३५ (पैतिस) दिनभित्र सफाई पेश गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा ६६ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’ 

सम्पर्कसहित उचित कारणको सफाई नदिए प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

टिप्पणीहरू