स्थानीयद्वारा अरुण तेस्रो आयोजनाको प्रवेशमार्ग बन्द

स्थानीयद्वारा अरुण तेस्रो आयोजनाको प्रवेशमार्ग बन्द
सुन्नुहोस्

संखुवासभाका स्थानीयले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेशमार्ग अवरुद्ध बनाएका छन् । उनीहरुले भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको नौ सय मेगावाटको उक्त परियोजनामा जाने प्रवेशमार्ग बन्द गराएका हुन् ।

प्रवेश मार्गमा परेको जग्गाको मुआब्जा प्राप्त नभएपछि आफूहरु बिरोधमा उत्रेको उनीहरुले बताएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्र ठप्प छ । 

संघर्ष समितिका संयोजक जनीकुमार राईका अनुसार छयाङकुटी–दिदिड सडकखण्डको मुआब्जा प्राप्त भएको छैन । जग्गाधनीलाई प्रतिरोपनी पौने १२ लाख रुपैयाँ दिने निर्णय यसअघि जिल्ला प्रशासन कार्यालयमा गठित कमिटीले गरेको थियो ।

टिप्पणीहरू