अमरेश र रञ्जित रे प्रधानमन्त्रीसामु प्रकट

अमरेश र रञ्जित रे प्रधानमन्त्रीसामु प्रकट
सुन्नुहोस्

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी बिहान साढे ७ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न त्यहाँ गएका हुन् । 

रञ्जितलाई काँग्रेसका बागी सांसद अमरेशकुमार सिंहले आफ्नो सवारी साधनमा राखेर त्यहाँ पुर्याएको बताइएको छ । भारतीय पूर्व राजदूत रे होटल हिमालय, कुपण्डोलमा बसेका छन् ।

रे गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार तथा त्यहाँको नीति आयोगका अध्यक्ष विवेक देव रायसँगै काठमाडौं आएका हुन् । उनीहरु दुबै होटल हिमालयमा बसेका छन् ।

टिप्पणीहरू