राष्ट्रपति कार्यालयद्वारा अमेरिकाको नाम लेखाइमा गम्भीर गल्ती

राष्ट्रपति कार्यालयद्वारा अमेरिकाको नाम लेखाइमा गम्भीर गल्ती

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएको अमेरिकी संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । टोलीले शीतल निवास पुगेर भेटवार्ता गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।

तर,कार्यालयको विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाको नाम गल्ती लेखिएको छ । संयुक्त राज्य अमेरिकाको नामलाई कार्यालयले संयुक्त राष्ट्र अमेरिका बनाइदिएको छ । प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संयुक्त राष्ट्र अमेरिकाका संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो ।’

मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो । प्रतिनिधिमण्डलमा मार्क पोकन,डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड तथा नेपालस्थित अमेरिकी राजदूत डिन थोम्पसनलगायतको सहभागिता थियो ।

आजै अमेरिकी कँग्रेस सदस्य सिनेटर क्रिस भान होलेनको नेतृत्वमा तीन सदस्यीय अर्को टोली बिहान साढे ७ बजे काठमाडौं आइपुगेको छ । दोहाबाट कतार एअरवेजको उडानमा आएको टोलीमा मोली कोल र सराह ब्लेक छन् ।
 

टिप्पणीहरू