अदालतको आदेशपछि पनि इमरान खान जेलभित्रै

अदालतको आदेशपछि पनि इमरान खान जेलभित्रै

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथिको सजायलाई त्यहाँको उच्च अदालतले खारेज गरेको छ ।

तोशाखाना मामिलामा दोषी ठहर गर्दै उनलाई जेल पठाउने जिल्ला अदालतको फैसला उच्चले उल्ट्याइदिएको छ । तीन वर्षको जेल सजाय गर्ने तल्लो अदालतको फैसलाविरूद्ध खानका तर्फबाट परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत इस्लामावादका प्रमुख न्यायाधीश आमिर फारुक र तारिक महमुदको संयुक्त इजलासले कारवाही रोक्न र धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

जिल्ला अदालतले उनलाई कम्तीमा पाँच वर्ष राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने कडा सजाय सुनाएको थियो । इस्लामावाद उच्च अदालतको आदेशले खानलाई केही राहत मिलेको छ । 

तर, उनी थुनामुक्त हुने निश्चित देखिएको छैन । विशेष अदालतले खानलाई अर्को मामिलामा थुनामा राख्नका लागि आदेश दिएको छ ।

प्रसिद्ध क्रिकेटर हुँदै राजनीतिमा आएका खान सन् २०१८ देखि २२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए । त्यसबेला परिवारलाई प्राप्त राजकीय उपहार गैरकानूनी रुपमा बेचबिखन गरेको आरोप उनीमाथि लागेको थियो ।

टिप्पणीहरू