महिलालाई उद्यमी बनाउन लोकगित प्रतियोगिता

महिलालाई उद्यमी बनाउन लोकगित प्रतियोगिता
सुन्नुहोस्

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले लोकगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीहरुको बजार मेलासँगै नगरपालिकाले लोकगित प्रतियोगिता गर्न लागेको हो । 

प्रतियोगिताको मूल नारा ‘महिला उद्यमी बढाऊँ, घरदेखि नगर समृद्ध बनाऊँ’ राखिएको छ । नगरपालिकाले प्रतियोगितामा सहभागी हुन इच्छुक समूहलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ । 

‘तीजको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ आयोजना गरिने भएको हुँदा एक समूहमा तीन जनादेखि पाँच जनासम्मको महिलाहरु रहने गरी सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयभित्र नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा सहभागी र कार्यक्रमसहित विवरण दर्ता गराउनुहुन’, जारी सूचनामा उल्लेख छ । 

आउँदो भदौ १९ गते वडा नम्बर ८ स्थित लायकुमा कार्यक्रम हुने नगरपालिकाले जानकारी दिएको छ । प्रतियोगतामा प्रथम हुने समूहलाई १० हजार, द्धितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वनास्वरुप तीन हजार पाँच सय रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।

टिप्पणीहरू