मस्कोमा विमान दुर्घटना, वाग्नर लडाकुका प्रमुखको निधन

मस्कोमा विमान दुर्घटना, वाग्नर लडाकुका प्रमुखको निधन
सुन्नुहोस्

वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ । मस्कोको उत्तर पश्चिम भागमा भएको विमान दुर्घटनामा उनीलगायत सबै यात्रुको निधन भएको बताइएको छ ।

विमानमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि रहेको जानकारी दिइएको छ । दुर्घटनाको पुष्टि गरेपनि क्रेम्लिनका अधिकारीहरूले ती दुईको मृत्युबारे केही बताएका छैनन् । 

यता वाग्नर समूहले आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा उनीहरु मारिएको उल्लेख गरेको छ । रुसी सेनाले विमान खसालेको आरोपसमेत लगाइएको छ ।

टिप्पणीहरू