महिला हुनु उनको दोष हो ?

महिला हुनु उनको दोष हो ?
सुन्नुहोस्

लमजुङमा जन्म भई जीवनका हरेक परिवेश र अभावसँग संघर्ष गर्दै राप अनंकित तृतीय श्रेणीको मुखिया पदबाट करियर शुरु गरी २० वर्षअगाडि महालेखापरीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकारी बन्न पुगिन् उनी ।

लेखापरीक्षण निर्देशक (उपसचिव) र नायब महालेखा परीक्षक (सहसचिव) खुला प्रतिस्पर्धाबाट छनोट भइन् र विशिष्ट श्रेणीमा पाँच वर्षको अवधि पूरा गरी राममाया कुँवर संयोगले साढे दुई महिना कार्यवाहक महालेखा परीक्षक बनेर अघिल्लो वर्ष सेवानिवृत्त भइन् ।

जागिर, परिवारसँगै स्नातक, जनप्रशासन र व्यवस्थापन विषय गरी दुई विषयमा स्नातकोत्तर गरी लेखापरीक्षण विषयको विद्यावारिधि अन्तिम चरणमा पुगेकी उनलाई नोकरी अवधिसम्म कुनै पुरस्कार र मेडलसमेत प्राप्त भएन । जागिरे जीवनको ३१ वर्षसम्म उनका बारेमा एउटा पनि मिडियामा नकारात्मक वा सकारात्मक समाचार बनेन र बनाइएन ।

तर, आज संवैधानिक परिषद्को सक्रियतासँगै उनका बारेमा किन नकारात्मक समाचार बन्न लागे, अचम्म लाग्छ । महिला भएकै कारण नकारात्मक समाचार बन्नुपर्ने हो र ?

– देखि जान्ने बालसखाहरू
 

टिप्पणीहरू