राष्ट्रपतिले भन्नुभयो : म कहाँ सक्रिय हुन खोजेँ ?

राष्ट्रपतिले भन्नुभयो : म कहाँ सक्रिय हुन खोजेँ ?
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले आफूले राजनीतिक सक्रियता नखोजेको बताउनुभएको छ । उहाँले आज बिहान शीतल निवासमा भएको सर्वदलीय बैठकमा आफूले मुलुकप्रतिको चिन्ता जनाउँदै सर्वदलीय भेला बोलाएको उल्लेख गर्नुभएको छ । 

उहाँको भनाई छ, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईंहरू सबैसँग भेट पनि हुन सकेको थिएन । भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने थियो ।’

संंविधानले दिएको जिम्मेवारी पूरा गर्न आफू लागिपरेको उहाँले उल्लेख गर्नुभएको छ । मुलुकको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको आशंका बढेकाले आजको बैठक बोलाइएको राष्ट्रपतिले जानकारी गराउनुभयो ।

अवरुद्ध संसद सुचारु गर्न भनेर बोलाइएको भेलामा राष्ट्रपतिले सत्य निरुपण,बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुन,सम्पत्ति शुद्धीकरणसम्बन्धी  कानुन यथाशीघ्र पारित गर्नुपर्नेमा जोड दिनुभयो । 

शीतल निवासमा बोलाइएको सर्वदलीय भेलामा एमाले उपस्थित भएन । उसले राष्ट्रपति पौडेल संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर बैठक बोलाएको आरोप लगाउँदै आजको भेला बहिष्कार गरेको थियो ।

टिप्पणीहरू