अवरुद्ध संसद बैठकबारे राष्ट्रपतिको चासो, एमाले अध्यक्ष सञ्चो बिसञ्चोमा केन्द्रित

अवरुद्ध संसद बैठकबारे राष्ट्रपतिको चासो, एमाले अध्यक्ष सञ्चो बिसञ्चोमा केन्द्रित
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । छलफलमा राष्ट्रपतिले संसद् अवरोधबारे चासो राख्नुभएको बताइएको छ । 

तर, प्रतिपक्षी दल एमालेका अध्यक्ष एव्म भूतपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपतिको स्वास्थ्य र सञ्चो बिसञ्चोबारे सोधनी गर्नुभएको शीतल निवास स्रोतले बताएको छ ।

संसद गतिरोध हटाउन राष्ट्रपतिले ओलीलाई सुझाव दिनुभएको बताइन्छ । प्रत्युत्तरमा ओलीले उहाँको स्वास्थ्य अवस्थाबारे निकै चासो राख्नुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन भित्रिएको र त्यसको छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको माग छ । सोही माग पूरा नभएको बताउँदै साउन १० गतेदेखि संसदको दुवै सदनको बैठक अवरुद्ध पारिएको छ ।

यसअघि संसद बैठक सुचारुका लागि पहल गरिदिन गत साता सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिसँग संयुक्त भेट गर्नुभएको थियो ।
 

टिप्पणीहरू