संक्रामक रोगबाट जोगिन दुई दिन विद्यालय बन्द

संक्रामक रोगबाट जोगिन दुई दिन विद्यालय बन्द

विद्यार्थीहरुमा आँखा पाक्ने रोग देखिएपछि चितवनका शैक्षिक संस्था बन्द गरिएको छ । खैरहनी नगरपालिकाले पर्सि आइतबार र सोमबार पठन–पाठन बन्द गर्न निर्देशन दिएको छ । 

सम्पूर्ण संस्थागत विद्यालय तथा कलेजलाई परिपत्र गर्दै नगरपालिकाले आँखाका कारण विद्यार्थीहरुलाई अध्यापनमा समस्या भएकाले दुई दिन पठन–पाठन बन्द गर्न भनेको हो ।

‘आँखा पाक्ने रोगको कारण अध्ययन अध्यापनमा समस्या परेको जानकारी प्राप्त हुन आएकोले विद्यालयले प्रयोग गर्ने हिउँदे–वर्षे बिदाबाट कट्टा हुने गरी मिति २०८०–४–२१ र २२ गते दुई दिन संस्थागत विद्यालय–कलेजको पठन–पाठन बन्द गरी बिदा दिने सम्बन्धमा यस कार्यालयबाट निर्णय भएकोले नगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालय र कलेजहरुले सोहीअनुसार कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ । 

सामुदायिक विद्यालयमा हाल वर्षे बिदा चलिरहेको छ । केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको उल्लेख गर्दै नगरपालिकाले संक्रमणबाट जोगिन संस्थागत विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

टिप्पणीहरू