राष्ट्रपतिलाई विदेश भ्रमणको निम्तो

राष्ट्रपतिलाई विदेश भ्रमणको निम्तो

राष्ट्रपति रामचन्द्र पौडेललाई विदेश भ्रमणको निम्तो दिइएको छ । संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपतिलाई औपचारिक निम्तो प्राप्त भएको बताइएको छ । 

आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँगको भेटमा उक्त निमन्त्रणा हस्तान्तरण गर्नुभएको हो ।

सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाउनुभएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गर्नुभएको हो । उक्त निम्तोसँगै डिसेम्बर १ र २ तारिखका दिन आयोजना हुने युएईको ५२ औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि पनि निमन्त्रणा गरिएको छ ।

टिप्पणीहरू