फार्मेसी परिषदले आवेदन खुलायो

फार्मेसी परिषदले आवेदन खुलायो

नेपाल फार्मेसी परिषदले फर्मासिष्ट एवम् फार्मेसी सहायकको नाम दर्ता परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ । परिषदले २३ औं नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान गरेको जनाएको छ । 

आज जारी सूचनामा परिषदले साउन ३२ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सकिने समम तोकेको छ । ‘फर्मासिस्ट एवं फार्मेसी सहायकको लागि आवेदन फारम परिषदको मिति २०८०–४–१४ को बैठकको निर्णयअनुसार मिति २०८०–४–१६ देखि २०८०–४–३२ गते बेलुका ५ बजेसम्म खोलिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, सूचनामा उल्लेख छ । 

आवेदन फारम भर्दा नागरिकताको प्रमाणपत्र, प्रवेशिकादेखि हालसम्मको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्र पेश गर्नुपर्नेछ । उक्त कागजात नोटरी पब्लिकबाट अनिवार्य प्रमाणित गरेको हुनुपर्ने परिषदले जनाएको छ । कुनै पनि कागजात प्रमाणित नभएको अवस्थामा फारम स्वतः रद्द गरिने र परीक्षाका लागि तीन हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

टिप्पणीहरू