अख्तियारबाटै अख्तियार दुरूपयोग

अख्तियारबाटै अख्तियार दुरूपयोग

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम हो, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेको सम्बन्धमा अनुसन्धान र कारबाही गर्ने ।’ तर, नियन्त्रण गर्ने निकायका आयुक्त जयबहादुर चन्द नै शक्ति देखाएर व्यापार कब्जामा लागेका छन् । 

आयुक्त चन्दले शक्ति प्रयोग गरेर ‘सेक्युरिटी’ क्षेत्रको व्यवसाय कब्जाजस्तै गरेका छन् । छोरी ज्वाइँको नाममा ‘प्राइभेट सेक्युरिटी कम्पनी’ ‘के फोर सेक्युरिटी सर्भिस प्रालि’ स्थापना गरेर निजी क्षेत्रलाई थर्काइ थर्काइ गार्ड सप्लाई गरिँदैछ ।

‘के फोर सेक्युरिटी सर्भिस प्रालि’मा चिफ अपरेशन अधिकृत उनका ज्वाइँ राजुप्रसाद पाण्डे छन् । पाण्डे नेपाली सेनाबाट अवकाशप्राप्त कर्णेल हुन् । एक कर्पोरेट हाउसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) का अनुसार आयुक्त चन्द आफैले फोन गरेर आफ्नो कम्पनीलाई ठेक्का नदिए ‘अप्ठ्यारो’ पर्ने चेतावनी दिने गरेका छन् । ‘एउटा अर्को कम्पनीलाई ठेक्का दिने सबै प्रक्रिया सकेर सम्झौतामा हस्ताक्षर गर्न लागेका थियौं । उहाँहरूबाट दबाब आएपछि रोकेर उतै दिन बाध्य भयौं,’ ती सिईओले भने, ‘आफ्नो कम्पनीको काम आफ्नो खुशीले दिनसमेत पाइएन ।’

‘के फोरले पशुपति क्षेत्र विकास कोष, ग्राण्डी अस्पताल, भाटभटेनी समूह, नबिल बैंक, जगदम्बा समूह, सिजी ग्रुप, भेडिका ईन्क प्रालि लगायतका करिब चार दर्जन कम्पनीहरूको ठेक्का हात पारेको छ । 

– उयदवीर गुरुङ, काठमाडौं
 

टिप्पणीहरू